काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।
सभामुख अर्याललाई भेट्न लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका हुन् । सभामुखको सचिवालयका अनुसार उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको थियो । भेटलाई सचिवालयले अनौपचारिक भनेको छ ।
यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच चार घण्टा लामो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
लगातार भएका यी भेटवार्ताको विषयवस्तुबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।











