शुक्रबार , मंग्सिर १२, २०८३

काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले नेतृत्व परिवर्तन गर्दै युवा पुस्तालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पुरानै नेतृत्वको अगुवाइमा संगठन सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीमा जुटेका छन्।

कांग्रेसमा गगन थापा सभापति र विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति बनेपछि पार्टीले नयाँ नेतृत्वसहित अघि बढ्ने प्रयास गरेको छ। एमालेमा केपी शर्मा ओली र नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै नेतृत्वमा छन्।

एमालेले सदस्यता नवीकरण, संगठन शुद्धीकरण र ‘मिसन जागरण’ अभियानलाई प्राथमिकता दिएको छ। पार्टीले आगामी स्थानीय निर्वाचन लक्षित गर्दै देशभर संगठन विस्तार र जनसम्बन्ध सुधार गर्ने जनाएको छ।

यता, नेकपाले पनि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै सदस्यता नवीकरण, युवालाई पार्टीमा आकर्षित गर्ने र विगतका कमजोरी सच्याउने लक्ष्य राखेको छ। प्रचण्ड नेतृत्वको नेकपाले स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई समेत अभियानको मुख्य उद्देश्य बनाएको छ।

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य भइरहेको छ। दुवै दलले तत्काल पार्टी एकता प्राथमिकतामा नरहेको बताए पनि स्थानीय निर्वाचनसम्म सहकार्य बलियो बने भविष्यमा एकताको सम्भावना खुला राखेका छन्।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई पनि वामपन्थी राजनीतिमा सम्भावित समीकरणसँग जोडेर विश्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP