शुक्रबार , मंग्सिर १२, २०८३

मेलबर्न, अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वास्थ्य सेवा सुधारका लागि ७५० नर्ससहित १ हजार ५०० स्वास्थ्यकर्मी थप गर्ने चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ।

लेबर पार्टीका नेता वेन क्यारोलले आगामी निर्वाचनमा आफ्नो पार्टी पुनः निर्वाचित भएमा १ अर्ब ५० करोड अस्ट्रेलियन डलरको स्वास्थ्य सेवा सुधार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।

योजनाअन्तर्गत अस्पतालहरूमा स्वास्थ्यकर्मीको अभाव कम गर्न तथा बिरामीलाई छिटो र प्रभावकारी उपचार उपलब्ध गराउन थप जनशक्ति नियुक्त गरिने बताइएको छ।

त्यस्तै, अस्पतालका आपतकालीन विभागहरूमा थप २५० शय्या उपलब्ध गराउने घोषणा पनि गरिएको छ। यसबाट आपतकालीन उपचारका लागि बिरामीले गर्नुपर्ने प्रतीक्षा समय २० प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ।

बढ्दो जनसंख्या, अस्पतालहरूमा बिरामीको चाप र स्वास्थ्यकर्मीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको बताइएको छ।

स्वास्थ्य सेवा सुधारलाई आगामी निर्वाचनको प्रमुख एजेन्डाका रूपमा अघि सारेको लेबर पार्टीले नयाँ योजनाले भिक्टोरियाका नागरिकलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP