अमेरिका । अमेरिकाको भर्जिनियामा बेपत्ता भएकी नेपाली मूलकी ममता काफ्ले भट्टको शवको अवशेष लामो समय बितिसक्दा पनि फेला पर्न सकेको छैन। उनको अवशेष खोज्न करिब १८ हजार टन फोहोर हटाउनुपर्ने र त्यसका लागि १० लाख अमेरिकी डलर अर्थात् नेपाली १५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
ममताको हत्या गरेको आरोपमा उनका श्रीमान् नरेश भट्टविरुद्ध मुद्दा चलिरहेको छ। अभियोजन पक्षले नरेशले आफ्नी श्रीमतीको हत्या गरी शवका अवशेष उत्तरी भर्जिनियाका विभिन्न फोहोर विसर्जन स्थलमा फालेको आरोप लगाएको छ।
तर ममता बेपत्ता भएको लामो समय बितिसक्दा पनि शवको अवशेष फेला नपर्नुले अनुसन्धान तथा प्रमाण संकलन प्रक्रियामा चुनौती थपिएको छ।
विशाल परिमाणमा फोहोर हटाएर खोजी गर्नुपर्ने अवस्था र त्यसमा लाग्ने ठूलो खर्चका कारण अवशेष पत्ता लगाउने कार्य थप जटिल बनेको छ।
ममताको बेपत्ता प्रकरणले अमेरिकास्थित नेपाली समुदायको ध्यान खिच्दै आएको छ। घटनाको सत्यतथ्य सार्वजनिक होस् र पीडित परिवारले न्याय पाओस् भन्ने अपेक्षा समुदायले राख्दै आएको छ।











