काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खगेन्द्र सुनारलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
ओलीले एकजना ‘भाषाशास्त्री’ को अडियो आएको उल्लेख गर्दै उनलाई महान् विद्वान् र विज्ञका रूपमा प्रस्तुत गरिएको भन्दै व्यङ्ग्य गरेका हुन्।
उनले भने, “अहिले भर्खर एकजना भाषाशास्त्रीको अडियो आएको छ। महान् विद्वान्, विज्ञको। भयंकर यस्तोलाई रातारात हिरो बनाइन्छ।”
ओलीको यो अभिव्यक्ति खगेन्द्र सुनारप्रति लक्षित रहेको बताइएको छ। उनको टिप्पणी सामाजिक तथा राजनीतिक वृत्तमा चर्चाको विषय बन्न सक्ने देखिन्छ।











