काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान सञ्चालनका लागि समन्वय भइरहेको बताएका छन्।
अस्ट्रेलियाको तीनदिने भ्रमण पूरा गरी नेपाल फर्किएका मन्त्री खनालले नेपाल एयरलाइन्सले अस्ट्रेलियाबाट उडान सञ्चालनका लागि स्वीकृति पाइसकेको भए पनि नेपाल अझै युरोपेली संघ (ईयू) को हवाई सुरक्षा कालोसूचीमा रहेकाले उडान सञ्चालनमा समस्या भइरहेको उल्लेख गरेका छन्।
अस्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान सञ्चालन गर्ने विषयमा लामो समयअघि नै सम्झौता भए पनि हालसम्म उडान सुरु हुन सकेको छैन। सिधा उडान सञ्चालनमा आएमा नेपाल र अस्ट्रेलियाबीच यात्रा गर्ने यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।











