बुधबार , कार्तिक ५, २०८३

डार्विन, अस्ट्रेलिया। अस्ट्रेलियन नेपलिज जर्नालिस्ट्स एसोसिएसन (ANJA) को आयोजनामा डार्विनस्थित जिङ्गिली पार्कमा सम्पन्न सामुदायिक परामर्श तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, अतिथि, स्वयंसेवक तथा समुदायका सदस्यहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

आइतबार, १८ अक्टोबर २०२६ मा आयोजित कार्यक्रममा डार्विनमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपाली समुदायका प्रश्न, जिज्ञासा र सरोकारबारे छलफल गर्नुका साथै पत्रकार र समुदायबीच संवाद, सहकार्य तथा आपसी समझदारी अभिवृद्धि गर्नु थियो। साथै, बडादसैँको अवसरमा शुभकामना आदानप्रदान गर्दै प्रवासमा नेपाली भाषा, संस्कृति, एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रमको अध्यक्षता ANJA का अध्यक्ष कृष्ण तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा ANJA का कार्यसमिति सदस्य सबिन बरालले गरेका थिए। ANJA का महासचिव गणेश भट्टले संस्थाको परिचय, उद्देश्य, गतिविधि तथा नेपाली समुदायप्रति संस्थाले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिएका थिए।

कार्यक्रममा समुदायका सदस्यहरूले आफ्ना प्रश्न, जिज्ञासा तथा विभिन्न सरोकार खुला रूपमा राख्ने अवसर पाएका थिए। ANJA का अध्यक्ष कृष्ण तिवारी, संस्थापक अध्यक्ष हेमन्त काफ्ले, संरक्षक चिरञ्जीवी राज देवकोटा तथा सल्लाहकार डा. राजु मानन्धर सहभागी प्यानल छलफलमा समुदायका विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा NRNA–NT का संयोजक त्रिलोचन सापकोटा, NANT का अध्यक्ष भवानी पौडेल, Social Welfare Committee का अध्यक्ष बाबुराम भट्टराई, Darwin Hearts Football Club का अध्यक्ष फिरोज राना तथा NRNA NCC का सदस्य पुष्कर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, NRNA–NT तथा NANT का पूर्वअध्यक्षहरू विष्णु चापागाईं, सञ्जीव ढकाल, सुदीप श्रेष्ठ, निरज गुरुङ र प्रतिभा देवकोटालगायत सामाजिक अगुवा तथा समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।

सहयोगी संस्था तथा स्वयंसेवकलाई विशेष धन्यवाद

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने संस्थाहरूप्रति ANJA ले विशेष आभार व्यक्त गरेको छ। सहयोगी संस्थाहरूमा Wealthmax Group Darwin, Parpy Facade Solution Darwin, Numio Group Darwin, Grace International Darwin र Rental Nest रहेका छन्।

त्यसैगरी, कार्यक्रमको तयारी, व्यवस्थापन तथा सञ्चालनमा समय र श्रम खर्चेर सहयोग गर्ने स्वयंसेवकहरू रोहित अधिकारी, सौगात ढकाल, कृष्ण पन्थी, सुमन गैरे र रोशन खतिवडाप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रम संयोजक तथा ANJA का कार्यसमिति सदस्य सबिन बरालले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले कार्यक्रममा उपस्थित नेपाली समुदायका अभिभावक, दाजुभाइ, दिदीबहिनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सहयोगी साथी तथा शुभेच्छुकहरूको साथ र सहभागिताले कार्यक्रमलाई अर्थपूर्ण बनाएको बताए।

त्यसैगरी, कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि अनलाइनमार्फत जोडिएर साथ, समर्थन र हौसला प्रदान गर्ने ANJA का अध्यक्ष कृष्ण तिवारी, संस्थापक अध्यक्ष हेमन्त काफ्ले, संरक्षक चिरञ्जीवी राज देवकोटा तथा सल्लाहकार डा. राजु मानन्धरलगायतप्रति पनि आयोजकले विशेष आभार व्यक्त गरेको छ।

बरालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्था, स्वयंसेवक र व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि नेपाली समुदायका आवश्यकता, विचार र सरोकारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता

ANJA ले आगामी दिनमा पनि नेपाली समुदायका आवाज, विचार, आवश्यकता र सरोकारलाई प्राथमिकतामा राख्दै समुदाय तथा सञ्चारकर्मीबीचको सम्बन्धलाई थप सुमधुर र प्रभावकारी बनाउने जनाएको छ। सामुदायिक संवाद, सहकार्य र आपसी समझदारी अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकले सहयोगी संस्था, स्वयंसेवक, अतिथि तथा सम्पूर्ण सहभागीप्रति पुनः धन्यवाद व्यक्त गर्दै सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित बडादसैँको मंगलमय शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

२

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

३

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

४

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

५

आजको राशिफल: कुन राशिको भाग्य कति बलियो? हेर्नुहोस् १२ राशिको फलादेश

६


TOP