सोमबार , अषोज २६, २०८३

काठमाडौं । दक्षिण अफ्रिकाका युवा ब्याटर लुआन–ड्रे प्रेटोरियसले पुरुष टी–२० क्रिकेटमा नयाँ इतिहास रचेका छन् । उनले क्रिस गेलको लामो समयदेखिको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान तोड्दै अविजित १८८ रन बनाएका हुन् ।

सीएसए टी–२० च्यालेन्जअन्तर्गत टाइटन्सबाट खेलेका २० वर्षीय प्रेटोरियसले नाइट्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै ७९ बलमा १५ चौका र १३ छक्काको मद्दतले १८८ रन बनाए ।

यसअघि पुरुष टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान क्रिस गेलको नाममा थियो । गेलले सन् २०१३ मा इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै पुणे वारियर्सविरुद्ध अविजित १७५ रन बनाएका थिए ।

प्रेटोरियसले २४ बलमै अर्धशतक पूरा गरेका थिए भने त्यसपछि थप १६ बलमा शतक पूरा गरे । उनले १५० रन पूरा गर्ने क्रममा आरोन फिन्च र मार्कस स्टोइनिसको तीव्र गतिमा १५० रन बनाउने कीर्तिमानसँग पनि बराबरी गरे ।

१८८ रन बनाएका प्रेटोरियस टी–२० क्रिकेटमा दोहोरो शतकको नजिक पुगे पनि १२ रनले चुके ।

उनको आक्रामक ब्याटिङको मद्दतमा टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २६७ रनको विशाल स्कोर बनायो । यो सीएसए टी–२० च्यालेन्जको इतिहासमा दोस्रो ठूलो टोली स्क

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP