सोमबार , अषोज २६, २०८३

डार्विन । अष्ट्रेलियाको नर्दन टेरिटोरीस्थित नेपाली समुदायका लागि सामाजिक कल्याण समिति – Social Welfare Committee (SWC) स्थापना कोषमा १ लाख अष्ट्रेलियन डलरभन्दा बढी रकम संकलन भएको छ। यो उपलब्धिलाई नेपाली समुदायको एकता, सहयोग र सामाजिक प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।

NANT र NRNA-NT को पहलमा अघि बढाइएको SWC स्थापना कोष अभियानमा समुदायका विभिन्न व्यक्ति तथा परिवारले स्वेच्छिक रूपमा योगदान गरेका थिए। सानोदेखि ठूलो योगदानसम्म सबैको सहभागिताले कोषलाई १ लाख डलरभन्दा माथि पुर्‍याउन सफल भएको आयोजकले जनाएको छ।

कोष संकलनमा योगदान गर्नेहरूसँगै अभियानबारे जानकारी फैलाउने, साथीभाइ तथा परिवारलाई सहयोगका लागि प्रेरित गर्ने र अभियानलाई निरन्तर अगाडि बढाउन सहयोग गर्ने सम्पूर्ण समुदायप्रति SWC ले आभार व्यक्त गरेको छ।

NRNA-NT का स्टेट कोअर्डिनेटर त्रिलोचन सापकोटाले १ लाख डलरभन्दा बढी रकम संकलन हुनु सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय भएको बताउँदै अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। समुदाय एकजुट भएर साझा उद्देश्यका लागि अघि बढ्दा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने प्रमाणका रूपमा यो सफलतालाई लिनुपर्ने उनको भनाइ छ।

NANT का कार्यवाहक अध्यक्ष शुभम ढकालले SWC स्थापना र यसको संस्थागत विकासमा NANT को मुख्य भूमिका रहेको उल्लेख गर्दै कोषमा प्राप्त यो सहयोगले समुदायका लागि दीर्घकालीन सामाजिक कल्याणको आधार तयार गर्ने बताए। NANT ले सुरुदेखि नै SWC स्थापनाको अवधारणा र अभियानलाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले समुदायका सदस्यहरूको विश्वास, सहभागिता र योगदानले अभियानलाई यो महत्वपूर्ण चरणमा पुर्‍याएको बताए। SWC लाई थप व्यवस्थित, पारदर्शी र दिगो सामाजिक कल्याणको संरचनाका रूपमा विकास गर्न सबैको निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै, SWC का कोअर्डिनेटर बाबुराम भट्टराईले कोषमा योगदान गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा अभियानलाई सफल बनाउन सहयोग गर्ने समुदायका सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। समुदायका सदस्यहरूलाई कठिन परिस्थितिमा आवश्यक सहयोग उपलब्ध गराउन तथा भविष्यमा सामाजिक कल्याणका कार्यक्रमलाई थप व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न यो कोष महत्वपूर्ण आधार बन्ने उनले बताए।

SWC ले यो उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण नेपाली समुदायको सामूहिक उपलब्धि भएको जनाएको छ।

१ लाख डलरभन्दा बढी र निरन्तर अगाडि — समुदायले समुदायका लागि निर्माण गरेको बलियो आधार। 🇳🇵🇦🇺

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP