शुक्रबार , मंग्सिर १२, २०८३

डार्विन। Casuarina Square मा आयोजना गरिएको ‘Coffee with a Cop’ कार्यक्रममा उत्तरी क्षेत्रका बासिन्दाले Northern Territory Police Force का प्रहरी अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरेका छन्।

कार्यक्रममा समुदायका सदस्यहरूले प्रहरी अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गर्दै प्रश्न राख्ने तथा स्थानीय सुरक्षा र समुदायसँग सम्बन्धित विषयमा आफ्ना धारणा राख्ने अवसर पाएका थिए।

कार्यक्रममा Casuarina का MLA Khoda Patel को पनि उपस्थिति रहेको थियो। Patel सन् २०२४ को निर्वाचनबाट Casuarina क्षेत्रबाट निर्वाचित भएका हुन्।

मुख्यमन्त्री Lia Finocchiaro ले सामाजिक सञ्जालमार्फत कार्यक्रमप्रति खुशी व्यक्त गर्दै प्रहरी अधिकारी र समुदायबीचको यस्तो प्रत्यक्ष संवादले आपसी सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने बताएकी छन्।

उनले कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरू तथा संवादका लागि उपस्थित समुदायका सदस्यलाई धन्यवादसमेत दिएकी छन्।

News & Pic Source Lia’s Social media 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP