सोमबार , अषोज २६, २०८३

डार्विन । डार्विनको नेपाली समुदायमा दशैंको अवसर पारेर आयोजना हुँदै आएको Grace Dashain Cup 2026 यसपटक थप ठूलो र प्रतिस्पर्धात्मक बन्ने भएको छ। ३ अक्टोबर २०२६, शनिबार Richardson Park, Fannie Bay मा हुने प्रतियोगितामा पुरुष All-Age तर्फ १५ टोली र Veterans तर्फ २ टोली गरी हालसम्म १७ टोली सहभागी हुने निश्चित भएको आयोजक Gurkhali FC ले जनाएको छ।

प्रतियोगिताको आकर्षणका रूपमा आयोजकले कुल ५ हजार अमेरिकी डलरको पुरस्कार राशि घोषणा गरेको छ। पुरुषतर्फको विजेताले ३ हजार डलर र उपविजेताले १ हजार ५ सय डलर पुरस्कार पाउनेछन्।

आयोजकका अनुसार प्रतियोगितामा पुरुष All-Age र Veterans बाहेक Ladies तथा Kids का खेल तथा गतिविधि पनि समावेश गरिनेछन्। यसले दशैं कपलाई केवल फुटबल प्रतियोगिताभन्दा पनि नेपाली समुदायको एकता, संस्कृति र दशैं उत्सवसँग जोडिएको सामुदायिक कार्यक्रम बनाउने उद्देश्य राखेको छ।

प्रतियोगिताको Title Sponsor Grace International Education & Migration – Darwin रहेको छ।

Grace International Darwin का Branch Manager Sanjeev Dhakal “Gorkhali” ले प्रतियोगितामा यसपटक देखिएको उत्साहले डार्विनको नेपाली समुदायमा फुटबलप्रतिको रुचि र सामुदायिक एकता थप बलियो भएको बताएका छन्। उनले दशैंको अवसरमा विभिन्न पुस्ता र समुदायका सदस्यलाई एउटै मैदानमा जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सफल बनाउन खेलाडी, परिवार, प्रायोजक तथा सम्पूर्ण नेपाली समुदायको सहभागिता महत्वपूर्ण हुने बताएका छन्।

Gurkhali FC ले प्रतियोगितालाई नेपाली समुदायको दशैं उत्सवको महत्वपूर्ण हिस्सा बनाउने लक्ष्यसहित तयारी अघि बढाएको जनाएको छ। प्रतियोगिताको Official Draw को मिति र स्थान भने पछि घोषणा गरिने आयोजकले जनाएको छ।

मिति: ३ अक्टोबर २०२६, शनिबार
स्थान: Richardson Park, Fannie Bay
आयोजक: Gurkhali FC
Title Sponsor: Grace International Education & Migration – Darwin
पुरस्कार राशि: कुल $5,000 सम्म
Men’s All-Age: १५ टोली
Veterans: २ टोली
Ladies & Kids: सहभागितासहित कार्यक्रम आयोजना हुने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP