बुधबार , अषोज ७, २०८३

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवादपछि बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।

प्रहरीका अनुसार सडकमा करिब १० मिनेट बस तेर्स्याएर राखेपछि ट्राफिक प्रहरीले बस हटाउन आग्रह गरेको थियो। त्यसपछि चालक र प्रहरीबीच विवाद भएको देखिन्छ। बसभित्र यात्रु नभएको र चालकले आफैं आगो लगाएको हुनसक्ने प्रारम्भिक प्रहरी अनुसन्धान छ।
अनुसन्धानका क्रममा मृतक चालकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको र उनीसँग वैध चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र जिम्मेवारीबारे भने छानबिन समितिको प्रतिवेदनपछि थप स्पष्ट हुने बताइएको छ।

प्रहरी र चालकबीच बढ्दो विवाद, सडक सुरक्षा तथा दुवै पक्षको व्यवहारबारे समेत घटनाले प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

Check Your Mailbox: Multicultural Leaders Urge Communities to Be Counted in the 2026 Census

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival


TOP