बुधबार , अषोज ७, २०८३

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न विभिन्न उपसमिति गठन गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित दस्तावेज निर्माण समितिको पहिलो बैठकले उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो। बैठकले सांसद मनिष खनाललाई समितिको सचिवको जिम्मेवारीसमेत दिएको छ।

जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले ‘राइट टु रिकल’को अवधारणा अघि बढाइएको रास्वपाले जनाएको छ।

यस अवधारणाअन्तर्गत निर्वाचित जनप्रतिनिधिलाई उनीहरूको कार्यसम्पादनप्रति मतदाताप्रति थप उत्तरदायी बनाउने विषय समेटिनेछ।

बैठकले समिति मातहत रहने गरी विभिन्न विषयगत उपसमितिहरू गठनको निर्णय गरेको छ।

१) संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समिति – सुलभ खरेल र श्री गजला शमिम मिकरानी

२) अन्तराष्ट्रिय प्रचलित अभ्यास अध्ययन समिति – अनुष्का श्रेष्ठ

३) सरोकारवालाहरु सँगको छलफल समन्वय समिति- समीक्षा बास्कोटा र करिस्मा कठरिया

४) सञ्चार तथा मिडिया समन्वय समिति – प्रमोद न्यौपाने

आजको बैठकमामहामन्त्री विपिन कुमार आचार्यसहित समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

Check Your Mailbox: Multicultural Leaders Urge Communities to Be Counted in the 2026 Census

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival


TOP