बुधबार , अषोज ७, २०८३

अस्ट्रेलियाको डब्बोमा बसोबास गर्ने नेपाली समुदायले नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि १० लाख ७६ हजार रुपैयाँ सहयोग पठाएका छन्।

सिड्नीबाट करिब ६ घण्टाको सवारी दूरीमा रहेको क्षेत्रीय शहर डब्बोमा पछिल्ला केही वर्षयता नेपाली समुदायको उपस्थिति बलियो बन्दै गएको छ। डब्बो नेपाली कम्युनिटी अस्ट्रेलियाको अगुवाइमा विद्यार्थी, अभिभावक तथा युवाहरूले मिलेर उक्त रकम संकलन गरेका हुन्।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समुदायले जनाएको छ।

यसैबीच, गत ६ सेप्टेम्बरमा डब्बोस्थित एल्स्टन पार्कमा नेपालमा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा डब्बो रिजनल काउन्सिलका मेयर जोस ब्ल्याक, काउन्सिलर शिब्ली चौधरी लगायत विभिन्न बहुसांस्कृतिक समुदाय तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। डब्बोमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालमा विपद्का बेला क्षेत्रीय अस्ट्रेलियामा रहेको नेपाली समुदायले देखाएको यो सहयोग र ऐक्यबद्धतालाई समुदायका अगुवाहरूले मानवीय जिम्मेवारीका रूपमा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

Check Your Mailbox: Multicultural Leaders Urge Communities to Be Counted in the 2026 Census

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival


TOP