सोमबार , अषोज २६, २०८३

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल बाहिर सुत्केरी गराइएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले ३० वर्षीया बबिता पासवानले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको विषय उठाएपछि जवाफ दिँदै मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा र सुरक्षित प्रसूति राज्यको प्राथमिक दायित्व भएको बताइन्।

उनका अनुसार घटनाको जानकारी पाएलगत्तै मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको छ।

घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभा श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको मन्त्रीले जानकारी दिइन्। टोलीमा स्वास्थ्य सेवा विभागका डा. पवनजंग रायमाझी पनि सहभागी छन्।

यसैगरी, जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ। घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई अस्पतालले कामकाजबाट हटाएर आवश्यक छानबिन अघि बढाएको मन्त्री मेहताले संसद्लाई जानकारी गराइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP