सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री बालेन शाहले उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर दीपक साहलाई मन्त्री बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि देखिएको छ।

प्रधानमन्त्री यादवको कार्यसम्पादनप्रति असन्तुष्ट रहेको जानकारी रास्वपा सभापति रवि लामिछानेलाई यसअघि नै भए पनि उनलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने निर्णयबारे भने शपथग्रहणअघि मात्रै जानकारी गराइएको स्रोतको दाबी छ।

रास्वपा स्रोतका अनुसार यादव विगतमा लामिछानेको कोटाबाट मन्त्री बनेकी थिइन्। तर उनलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्दा पार्टी सभापतिसँग कुनै परामर्श नगरिएको विषयलाई लामिछानेले गम्भीर रूपमा लिएका छन्।

प्रधानमन्त्री निकट स्रोतले भने मन्त्री हटाउने र नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीकै रहेको बताउँदै यादवको कार्यसम्पादन सुधारका लागि यसअघि विभिन्न प्रयास गरिए पनि अपेक्षित सुधार नआएपछि निर्णय लिनुपरेको जनाएको छ।

रास्वपा निकट नेताहरूले प्रधानमन्त्री र पार्टी सभापतिबीच शक्ति सन्तुलनमा पछिल्लो समय ‘ग्याप’ देखिन थालेको बताएका छन्। उनीहरूका अनुसार नयाँ मन्त्री साहको राजनीतिक पृष्ठभूमिबारे पनि पार्टीभित्र प्रश्न उठेका छन्।

लामिछानेसँग परामर्श गरिएको भए संसदीय दलका उपनेता गणेश पराजुलीलाई उद्योगमन्त्रीका रूपमा अघि सार्ने तयारी रहेको दाबीसमेत रास्वपा निकट नेताले गरेका छन्।

मुख्य प्रश्न भनेको—प्रधानमन्त्री र पार्टी सभापतिबीचको सम्बन्धमा देखिएको यो दूरी आगामी दिनमा कति बढ्छ भन्ने हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP