सोमबार , अषोज २६, २०८३

डार्विन । अस्ट्रेलियामा आगामी एक दशकमा निर्माण क्षेत्रमा ठूलो मात्रामा दक्ष कामदारको अभाव हुने चेतावनीसहितको नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।

मास्टर बिल्डर्स अस्ट्रेलियाले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, वर्तमान अवस्था परिवर्तन नभए सन् २०३५ सम्ममा देशभर करिब ९ लाख ३५ हजार ६ सय निर्माण कामदारको अभाव हुन सक्ने अनुमान गरिएको छ।

प्रतिवेदनले प्रत्येक वर्ष निर्माण क्षेत्रमा करिब ८५ हजार १ सय कामदारको अभाव थपिँदै जाने उल्लेख गरेको छ।

अस्ट्रेलियामा घर तथा अपार्टमेन्टको अभावका कारण पछिल्लो समय घरभाडा र आवासको लागत बढिरहेको छ। सरकारले आवास अभाव समाधान गर्न निर्माण कार्यलाई तीव्रता दिने प्रयास गरिरहेको भए पनि दक्ष जनशक्तिको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ।

निर्माण क्षेत्रमा कामदारको माग बढ्दै जाँदा दक्ष कामदार उत्पादन, तालिम तथा विदेशबाट आवश्यक जनशक्ति आकर्षित गर्न थप पहल आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।

यसले आगामी वर्षहरूमा निर्माणसम्बन्धी सीप भएका कामदार तथा दक्ष जनशक्तिका लागि अस्ट्रेलियामा रोजगारीका अवसर बढ्न सक्ने संकेतसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP