शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरूको भीड बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो ।

आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ गते) बाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गतेबाट रोकिँदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।

कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप्ने तयारी सरकारको छ । काठमाडौं उपत्यकाबाहिर देशैभर ४० बढी जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP