सोमबार , अषोज २६, २०८३

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।

बुधबार १३३औं बीपी जयन्तीको अवसरमा कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले पुनरावलोकनका लागि निस्सा दिएको सर्वोच्च अदालतले रुख चिह्न, चारतारे झण्डा आफूले पाउने बताए।

‘‘सर्वोच्च अदालतमा यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ । जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ, त्यस्तै रुख चिह्न, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु,’ देउवाले भन ।

अहिले गगन थापाले पक्षले आफ्नो पक्षमा पार्न अनेक प्रयास गरिरहेको देउवाले आरोपसमेत लगााए । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ। तर, हामी कुनै हालतमा मान्दैनौं,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP