सोमबार , अषोज २६, २०८३

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गर्ने प्रयास भइरहेको भन्दै पुराना दलका नेताहरूलाई सचेत गराएका छन्।

जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आन्दोलन इतिहासको महत्वपूर्ण घटना भएकाले त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्न आग्रह गरे। उनले जेनजी आन्दोलनको अपमान गर्नु ३ करोड नेपाली जनताको अपमान गर्नुजस्तै भएको दाबी गरे।

उनले भने, ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्। यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ।’

पुराना राजनीतिक दलका नेताहरूलाई सुध्रिन आग्रह गर्दै गुरुङले अझै समय बाँकी रहेको बताए। पुरानो सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने उनको भनाइ थियो।

गुरुङले आफूहरू जनताको मतबाट जिम्मेवारीमा आएको दाबी गर्दै सत्ता र शक्तिको लोभ आफूहरूमा नरहेको बताए। आफूले जिम्मेवारी पूरा गर्दा कुनै कमजोरी नहोस् भनेर निरन्तर सचेत रहने गरेको पनि उनले बताए।

‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मेरोबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा,’ उनले भने।

उनले सुशासनको पक्षमा आवाज उठाउने युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोपसमेत लगाए। अहिलेको सरकारले जेनजी आन्दोलनका माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनको दाबी छ।

सुशासन स्थापना गर्ने जिम्मेवारी दिएको भन्दै उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहप्रति आभार व्यक्त गरे। आफूले लामिछानेसँग आवश्यक सल्लाहसमेत लिइरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP