सोमबार , अषोज २६, २०८३

काठमाडौं — सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै सुरु भएको जेनजी आन्दोलनले आज एक वर्ष पूरा गरेको छ।

गत वर्ष भएको आन्दोलनमा स्कुले विद्यार्थीदेखि युवासम्मको उल्लेख्य सहभागिता रहेको थियो। आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा कैयौँले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनलगायतका महत्वपूर्ण सरकारी संरचनामा समेत आगजनी तथा तोडफोड भएको थियो।

आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा योगदानको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। विभिन्न स्थानमा शहीदहरूको सम्झनामा श्रद्धाञ्जली, स्मृति कार्यक्रम तथा विभिन्न गतिविधि आयोजना गरिँदैछन्।

जेनजी आन्दोलनले नेपालको राजनीतिक तथा सामाजिक परिवेशमा महत्वपूर्ण परिवर्तन ल्याएको दाबी गरिँदै आएको छ। आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका मुद्दा अझै पनि सार्वजनिक बहसको केन्द्रमा छन्।

एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका उपलब्धि, त्यसक्रममा भएका क्षति र शहीदका परिवारले भोग्नुपरेका पीडाका विषयमा समेत विभिन्न कोणबाट समीक्षा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP