बुधबार , भाद्र १७, २०८३

अमेरिकाले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि थप मानवीय तथा विपत्‌ प्रतिकार्य सहयोग उपलब्ध गराएको छ। नेपाल सरकारको अनुरोध अनुसार अमेरिकी सेनाका दुई वटा मालवाहक विमानमार्फत खोज, उद्धार तथा पुनःस्थापना अभियानका लागि आवश्यक सामग्री काठमाडौँ ल्याइएको हो।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार सहयोग सामग्रीमा ५ हजार थान विशेष विपत्‌ सामग्री, ५ सय वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडर रहेका छन्। यी सामग्री बाढीका कारण मृत्यु भएकाहरूको खोज तथा व्यवस्थापनसहित प्रभावित क्षेत्रमा जारी खोज, उद्धार र पुनःस्थापनाका काममा प्रयोग गरिनेछन्।

नेपाल सरकारको आग्रहमा उपलब्ध गराइएको यो सहयोग अमेरिकाले यसअघि बाढी प्रतिकार्यका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलर बराबरको सहायताका अतिरिक्त हो।

अमेरिकी दूतावासले यो तत्काल सहयोगले नेपाल र अमेरिकाबीचको दीर्घकालीन साझेदारी र विपत्‌बाट प्रभावित समुदायलाई राहत पुर्‍याउने साझा प्रतिबद्धतालाई प्रतिविम्बित गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP