सोमबार , अषोज २६, २०८३

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन्। नेकपा एमालेको भातृ संगठनका रूपमा रहेको मञ्चको सिड्नीमा सम्पन्न छैटौँ अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपक पहारी, सचिवमा मिलन पाठक र सहसचिवमा किशोर भण्डारी चयन भएका छन्।

त्यस्तै, कार्यकारी सदस्यहरूमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुषाल, गणेश राज गौतम, मोहन शर्मा र तेज विक्रम मल्ल निर्वाचित भएका छन्।

अधिवेशनले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपाली समुदायबीच सहकार्य र एकतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP