सोमबार , अषोज २६, २०८३

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट संकेत दिएका छन्। २१ फागुनको चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका ओलीले बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै अध्यक्ष हटाउने र पार्टी पुनर्गठनका नाममा चलाइने अभियानप्रति कडा असन्तुष्टि जनाएका हुन्।

ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउन खोज्ने शैली एमालेमा स्वीकार्य नहुने बताए। उनले पार्टी पुनर्गठनको बहसलाई समेत खारेज गर्दै पुनर्गठन आवश्यक नभएको दाबी गरे।

यसअघि इलामको फिक्कलमा ओलीले आफूलाई अध्यक्षबाट हटाउने अभियान चलाउनेहरूलाई ‘आवारा’ भन्दै आलोचना गरेका थिए। उनको उक्त अभिव्यक्तिपछि एमालेभित्रै ‘म आवारा’ अभियान चलाउँदै नेताकार्यकर्ताले प्रतिवाद गरेका छन्।

ओली निकट नेता महेश बस्नेतले पनि सामाजिक सञ्जालमार्फत पुनर्गठन पक्षधरलाई लक्षित गर्दै ‘लामखुट्टे’को संज्ञा दिएका छन्। ओलीले भने एमालेबाट लाभ लिएका केही व्यक्तिहरू अहिले पुनर्गठनको नाममा सक्रिय भएको आरोप लगाएका छन्।

ओलीले चुनावमा पार्टी सदस्यभन्दा कम मत आएको विषयप्रति समेत असन्तुष्टि जनाउँदै पार्टीलाई मतदान नगर्ने सदस्यको सदस्यता नवीकरण नगर्न निर्देशन दिएका छन्।

एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पनि ओलीलाई हटाउने उद्देश्यसहितको पुनर्गठन अभियानलाई ‘खतरनाक’ भन्दै त्यस्ता प्रवृत्तिलाई दुत्कार्न आह्वान गरेका छन्।

एमालेभित्र चुनावी पराजयपछि पार्टी पुनर्गठन र नेतृत्वको भूमिकाबारे बहस चलिरहेको छ। पुनर्गठन कार्यदलले नेतृत्वको कमजोरीसमेत औंल्याउँदै तयार पारेको प्रतिवेदनमाथि छलफल अघि बढ्न नसकिरहेका बेला ओलीका पछिल्ला अभिव्यक्तिले पार्टीभित्रको विवाद थप सतहमा ल्याएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP