शनिबार , भाद्र १३, २०८३

लुम्बिनी प्रदेशमा नेकपा एमालेको सांसद पदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त भएपछि असन्तुष्टि जनाउँदै आइतबार पाण्डेयले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ।

उनी सोमबार कांग्रेस प्रवेश गरेका हुन्।

पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउने सहमति भएको छ।

यसबारे आज पत्रकार सम्मेलन गरी उनीहरूले जानकारी गराएका हुन्।

यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।

पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेयलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP