शुक्रबार , मंग्सिर १२, २०८३

काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको कुनै पनि किसिमको अभाव नरहेको जानकारी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै देशमा दैनिक रुपमा माग अनुसार नै ग्यासको आपूर्ति भइरहेको निगमले बताएको छ।

मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा वर्तमान आकस्मिक माग वृद्धिलाई मध्यनजर गर्दै यस महिनाको आयात परिमाणसमेत बढाइएको छ । साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ ।

काठमाडौं उपत्यकामा उच्च माग भएका केही उद्योगहरुको ग्यास सहज रुपमा उपलब्ध गराउन टेकुस्थित निगमको कार्यालयबाट समेत बिक्री भइरहेको छ । नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म वितरण भइरहेको निगमले जनाएको छ ।

ग्यास नपाएको वा कुनै समस्या तथा गुनासो भएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न निगमले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP