सोमबार , अषोज २६, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा नेकपा (एमाले)सँग गरिएको पार्टी एकता पर्याप्त राजनीतिक तयारीबिना भएकाले अन्ततः विघटनमा पुगेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारका गतिविधि विपन्न नागरिक, मजदुर, विद्यार्थी, ट्रेड युनियन तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाए। उनले यस्तो अवस्थामा देश र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न वामपन्थी शक्तिबीच कार्यगत सहकार्य आवश्यक रहेको बताए।

उनले अहिले नेकपा (एमाले) लगायत अन्य वामपन्थी दलसँग विषयगत र कार्यगत सहकार्यको पहल भइरहेको उल्लेख गर्दै त्यसलाई पार्टी एकताको रूपमा बुझ्न नहुने स्पष्ट पारे।

“हामीले अहिले नै पार्टी एकताको कुरा गरेका होइनौँ। सहकार्य हुँदैमा पार्टी एकता हुनै लागेको भन्ने हुँदैन। यस्तो भ्रममा कोही पनि पर्नु हुँदैन,” प्रचण्डले भने।

प्रचण्डका अनुसार पार्टी एकता विचार, राजनीति, संगठन, सिद्धान्त र साझा समझदारीका आधारमा मात्रै सम्भव हुन्छ। उनले तत्कालीन नेकपा गठनका बेला यस्ता पक्षमा पर्याप्त तयारी नगर्दा पार्टी विभाजन भएको स्वीकार गरे।

“हामीले हिजो वैचारिक एकता गर्दा धेरै राजनीतिक तयारी नगरेकाले नै त्यो बिग्रिएको हो,” उनले भने।

तत्कालीन नेकपा विघटनका लागि नेताहरूलाई मात्र दोष दिन नमिल्ने उनको भनाइ थियो। उनले नेतृत्वले निर्णय लिने जिम्मेवारी वहन गर्ने भए पनि पार्टीका सबै पक्ष कुनै न कुनै रूपमा जिम्मेवार रहेको बताए।

“नेताहरूलाई मात्रै गाली गरेर पुग्दैन, तर प्रमुख जिम्मेवारी नेताहरूले नै लिनुपर्छ,” उनले भने।

प्रचण्डले देश, राष्ट्रिय स्वाधीनता र कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने साझा एजेन्डामा विभिन्न वामपन्थी शक्तिबीच आवश्यकताअनुसार सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP