सोमबार , अषोज २६, २०८३

डार्विन, अस्ट्रेलिया। अस्ट्रेलियाको उत्तरी क्षेत्र (NT) मा जारी NRNA-NT T20 Tournament 2026 आज सेमिफाइनल र फाइनल खेलसँगै सम्पन्न हुँदैछ। तीन दिनदेखि सञ्चालन भइरहेको प्रतियोगिताले नेपाली समुदायमा क्रिकेटप्रति उत्साह थपेको छ।

आज Cazalys Arena मा हुने पहिलो सेमिफाइनलमा KBA Cricket Club र KTM Rebels बिहान ९:०० बजे आमनेसामने हुनेछन्। त्यसपछि दिउँसो १:०० बजे हुने दोस्रो सेमिफाइनलमा Nawalpur Raiders र Katherine Rhinos बीच प्रतिस्पर्धा हुनेछ।

दुवै सेमिफाइनलका विजेता टोलीहरू साँझ ५:०० बजे हुने भव्य फाइनलमा उपाधिका लागि भिड्नेछन्।

प्रतियोगिता NRNA Northern Territory को प्रस्तुतिमा तथा Nepalese Cricket Association of Northern Territory (NCANT) को व्यवस्थापनमा आयोजना गरिएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो भने लिग चरणका प्रतिस्पर्धापछि उत्कृष्ट चार टोली सेमिफाइनलमा पुगेका हुन्।

आयोजकले नेपाली समुदायसहित सम्पूर्ण क्रिकेट प्रेमीलाई परिवार तथा साथीभाइसँग मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न आग्रह गरेको छ। प्रतियोगिताको अन्तिम दिन रोमाञ्चक प्रतिस्पर्धासँगै उपाधि विजेताको टुंगो लाग्ने भएकाले दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP