शुक्रबार , भाद्र १२, २०८३

विराटनगर, १५ साउन – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ।

शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारका प्रतिनिधिबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो। बिहीबार रातभर चलेको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति जुटेको जनाइएको छ।

सहमतिपछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहताजयप्रकाश मेहताको शव परिवारले बुझ्ने भएका छन्। दुवैको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने तयारी गरिएको छ।

सम्झौताअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ।

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।

सहमतिसँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

सहमतिका मुख्य ७ बुँदा

  • मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने तथा परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने।
  • १० साउनको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने।
  • देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने।
  • प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराइने।
  • छानबिन समितिको प्रतिवेदन अनुसार प्राप्त सुझाव र सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गरिने।
  • मृतकद्वयको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने।
  • साउन १५ गते दिउँसो २ बजे मृतकद्वयको अन्त्येष्टि गरिने।

सहमतिसँगै केही दिनदेखि जारी तनाव र आन्दोलन अन्त्य हुने अपेक्षा गरिएको छ भने अब घटनाको निष्पक्ष छानबिन र सहमतिका बुँदाहरू कार्यान्वयनतर्फ सरकारको ध्यान केन्द्रित हुने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP