शुक्रबार , भाद्र १२, २०८३

धनुषामा जारी कर्फ्युलाई आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान ६ बजेदेखि ८ बजेसम्मका लागि कर्फ्यु खुकुलो बनाएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार दूध, तरकारी, फलफूल तथा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तुको खरिदका लागि बिहानको समयमा कर्फ्यु खुकुलो गरिएको हो।

उनले बिहान ८ बजाभित्र आवश्यक सामग्री खरिद गरी आफ्ना निवासमा फर्किन तथा त्यसपछि कर्फ्युको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु अवधिभर अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका प्रतिनिधि, तीर्थयात्री, बिरामी तथा विमानस्थल आवतजावत गर्ने व्यक्तिहरूले परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP