सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री बनेको चार महिनापछि बालेन्द्र शाहले पहिलोपटक शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो।

सो भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

करिब १५ मिनेटसम्म चलेको उक्त भेटवार्तामा तराई मधेस क्षेत्रमा देखा परेका समस्याहरूका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएको राष्ट्रपति निकट स्रोतले बतायो ।

जवाफमा राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारलाई थप सचेत रहन सुझाव दिए। राष्ट्रपतिले पछिल्लो समय अवस्था अलि गम्भीर बन्दै गएको उल्लेख गर्दै सबै पक्षसँग सल्लाह गरेर सर्वदलीय कुराकानीमार्फत अगाडि बढ्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP