सोमबार , अषोज २६, २०८३

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।

बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने कार्यक्रम छ।

छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई निमन्त्रणा गरिएको छ। साथै, संसदबाहिर रहेका उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका राजनीतिक दललाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको रास्वपाले जनाएको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिसकिएको छ। त्यसका साथै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग व्यक्तिगत रूपमा टेलिफोन संवाद गर्दै बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक एकता कायम गर्न साझा धारणा आवश्यक भएकाले सर्वदलीय बैठक आयोजना गरिएको बताए।

‘अत्यन्तै संवेदनशील र दुःखद घटनाले सिर्जना गरेको असहज परिस्थितिमा समाजमा फैलन सक्ने द्वेष र तनावलाई न्यूनीकरण गर्दै सद्भाव तथा शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक भएकाले यो छलफल आयोजना गरिएको हो,’ आचार्यले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP