सोमबार , अषोज २६, २०८३

दोहा- मलेसियामा जेल जीवन बिताई सजाय काटेर २४ जना नेपालीको स्वदेश फर्किएका छन्।

मलेसियाको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् । जोहोरबारुस्थित घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए ।

उनीहरुलाई दूतावासको पहलमा आप्रवासी श्रमिकहरुको हकहितमा काम गर्ने संस्था इंटरनेशनल अर्गनाइजेशन फर माइग्रेसनले हवाई टिकट उपलब्ध गराएको थियो भने कोरोना परीक्षण मलेसिया सरकारले नै निशुल्क रुपमा गरिदिएको थियो ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौँ उडान मार्फत स्वदेश फर्काउन सफल भएको सचिव थापाले बताए ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

हामी जुन देशमा छौ त्यो देशको कानुनको पालना गर्नु पर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने दूतावासले जनाएको छ । साथै कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

यसघि पनि दूतावासले जेल सजाय कटाएर घरफ्रिति केन्द्रमा रहेका १३६ जनालाई नेपाल फर्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप समस्या भएको दूतावासको भनाइ छ ।

मलेसिया बैधानिक तथा अबैधानिक गरि ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP