शनिबार , जेठ २५, २०८२

दोहा- मलेसियामा जेल जीवन बिताई सजाय काटेर २४ जना नेपालीको स्वदेश फर्किएका छन्।

मलेसियाको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् । जोहोरबारुस्थित घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए ।

उनीहरुलाई दूतावासको पहलमा आप्रवासी श्रमिकहरुको हकहितमा काम गर्ने संस्था इंटरनेशनल अर्गनाइजेशन फर माइग्रेसनले हवाई टिकट उपलब्ध गराएको थियो भने कोरोना परीक्षण मलेसिया सरकारले नै निशुल्क रुपमा गरिदिएको थियो ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौँ उडान मार्फत स्वदेश फर्काउन सफल भएको सचिव थापाले बताए ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

हामी जुन देशमा छौ त्यो देशको कानुनको पालना गर्नु पर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने दूतावासले जनाएको छ । साथै कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

यसघि पनि दूतावासले जेल सजाय कटाएर घरफ्रिति केन्द्रमा रहेका १३६ जनालाई नेपाल फर्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप समस्या भएको दूतावासको भनाइ छ ।

मलेसिया बैधानिक तथा अबैधानिक गरि ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP