शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्यास शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने विषयले राजनीतिक बहस सुरु भएको छ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत यसप्रति आपत्ति जनाउँदै सरकारमाथि पूर्वाग्रह र प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन्।

पोखरेलले कुनै स्रोत उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेका छन्, “शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन !” उनले सुरुङमार्गको शिलान्यास शिलालेखबाट तत्कालीन प्रधानमन्त्री ओलीको नाम हटाइनुलाई सरकारको “निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति” को संज्ञा दिएका छन्।

तर, आयोजना पक्षले भने शिलालेख राजनीतिक निर्णयका कारण हटाइएको दाबी अस्वीकार गरेको छ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका उप–आयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार शिलालेख निर्माण कार्यका क्रममा क्षति हुन नदिन निर्माणस्थलबाट हटाएर सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखा कार्यालयमा सुरक्षित राखिएको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए।

आयोजना कार्यालयका अनुसार पछि जेनजी आन्दोलनका क्रममा सडक विभागको उक्त कार्यालयमा व्यापक क्षति पुगेको थियो। त्यसक्रममा शिलालेख राखिएको संरचना पनि भत्किएको र हाल शिलालेख भवनको भग्नावशेष तथा माटोमुनि पुरिएको अवस्थामा रहेको बताइएको छ।

सडक विभागका अधिकारीहरूले पनि शिलालेख कुनै राजनीतिक निर्णयका कारण हटाइएको नभई निर्माणस्थलको सुरक्षाका लागि सारिएको र आन्दोलनका क्रममा क्षति पुगेको पुष्टि गरेका छन्।

आयोजनाका अनुसार भग्नावशेष पूर्ण रूपमा हटाएपछि शिलालेखको वास्तविक अवस्था यकिन गरिनेछ। सुरक्षित अवस्थामा फेला परे पुनःस्थापना गरिने र फेला नपरे वा प्रयोगयोग्य अवस्थामा नभेटिए सरकारको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP