सोमबार , अषोज २६, २०८३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रदेश सरकारमा दुई वर्षअघि देखि सुरु भएको एमाले-कांग्रेसको सत्ता सहकार्य टुटेसँगै अहिले नयाँ सत्ता समीकरण बनाउन नेताहरूको दौडधुप चलिरहेको छ । यसैबीच , यादव र ओलीको केही दिन अगाडि करिब ३ घण्टा भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार भेटका क्रममा जसपा नेपालका अध्यक्ष यादवले मधेस प्रदेशको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राखेका थिए। उनले मधेस प्रदेशमा जसपाको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखेको र एमाले अध्यक्ष ओली त्यसप्रति सकारात्मक देखिएको स्रोतको दाबी छ।

मधेस प्रदेश सभामा कुल १०७ सदस्य छन्। हाल एमालेसँग २४, नेपाली कांग्रेससँग २२, जसपा नेपालसँग १६, नेकपासँग १६, जनमत पार्टीसँग १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग २ तथा संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक–एक सिट छन्।

यी सिट संख्यालाई हेर्दा एमालेको २४, नेकपा १६, जसपा नेपालको १६ गर्दा ५६ स्पष्ट बहुमत पुग्ने देखिन्छ। जुन सरकार बनाउन पर्याप्त छ ।

केही दिन अगाडि भएको नेकपाका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड)र एमाले अध्यक्ष ओलीबिच भएको भेटमा एमालेलाई ४ र नेकपालाई ३ वटा प्रदेश सरकारको नेतृत्व दिने विषयमा छलफल भएको थियो । छलफल भए पनि कुन- कुन प्रदेशको नेतृत्व कसलाई भन्नेबारेमा टुंगो नलागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP