शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले स्वास्थ्य क्षेत्रमा अध्ययनरत थप विद्यार्थीलाई लक्षित गर्दै सरकारले सञ्चालन गरिरहेको ‘Commonwealth Prac Payment’ कार्यक्रम विस्तार गर्ने घोषणा गरेका छन्।

बिहीबार गरिएको घोषणाअनुसार यसअघि नर्सिङ, मिडवाइफरी, शिक्षाशास्त्र (Teaching) र सामाजिक कार्य (Social Work) अध्ययनरत विद्यार्थीका लागि मात्र उपलब्ध रहेको यो योजनामा अब स्वास्थ्यका थप विभिन्न विधामा अध्ययन गरिरहेका विद्यार्थी पनि समावेश हुनेछन्।

विस्तारित कार्यक्रम सन् २०२७ जुलाई १ देखि लागू हुनेछ।

गत वर्ष सुरु गरिएको Commonwealth Prac Payment अन्तर्गत विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गर्न अनिवार्य रूपमा गर्नुपर्ने क्लिनिकल तथा व्यावसायिक प्लेसमेन्ट (Practical Placement) का क्रममा काम गर्नुपर्ने अवधिमा प्रतिहप्ता ३३८.६० अस्ट्रेलियन डलरसम्म आर्थिक सहयोग प्राप्त गर्नेछन्।

विद्यार्थीले पाउने सहयोगको अवधि भने अध्ययनको तह तथा पाठ्यक्रमअनुसार फरक–फरक हुनेछ।

प्रधानमन्त्री अल्बानीजले कार्यक्रम विस्तारले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्नुका साथै प्लेसमेन्टका क्रममा आर्थिक दबाब झेलिरहेका विद्यार्थीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यद्यपि, यो सुविधा अस्ट्रेलियाका घरेलु (Domestic) विद्यार्थीहरूका लागि मात्र लागू हुनेछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरू भने यस योजनामा समावेश हुने छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP