बुधबार , साउन ६, २०८३

सिड्नी । फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिने) अष्ट्रेलियाले आगामी जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल सिड्नी वेन्टवर्थमा आयोजना हुने I-YES 2026 (International Youth Entrepreneurs Summit) को तयारी तीव्र बनाएको जनाएको छ।

सम्मेलनको तयारी, उद्देश्य तथा कार्यक्रमबारे सञ्चारमाध्यमलाई जानकारी गराउने उद्देश्यले फिने अष्ट्रेलियाI-YES आयोजक समितिको संयुक्त आयोजनामा जुलाई २२ (बुधबार) प्रेस मिट आयोजना गरिने भएको छ।

प्रेस मिट साँझ ५:३० बजेदेखि ७:०० बजेसम्म (AEST) NECTA – National Engineering and Construction Training Academy, लेभल ६, ४६० चर्च स्ट्रिट, पारामाटा, न्यू साउथ वेल्समा हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार दुईदिने सम्मेलनमा अष्ट्रेलिया, नेपाल तथा विश्वका विभिन्न देशबाट ४०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता, प्रविधि विशेषज्ञ, नवप्रवर्तक तथा व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्मेलनको उद्घाटन समारोहमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा उद्यमशीलता, लगानी, प्रविधि, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विभिन्न सत्र सञ्चालन हुने जनाइएको छ।

फिने अष्ट्रेलियाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली युवा उद्यमीहरूबीच सहकार्य विस्तार गर्ने, नयाँ लगानी तथा व्यवसायिक अवसरहरूको खोजी गर्ने र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा योगदान पुर्‍याउने लक्ष्य रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल

नेपाली कला, संस्कृति र संगीतको उत्सव: डार्विनमा नेपाल फेष्टिभल आज


TOP