सोमबार , अषोज २६, २०८३

सिड्नी। अस्ट्रेलियाको नयाँ आर्थिक वर्षसँगै संघीय सरकारले लागू गरेको घरजग्गासम्बन्धी नयाँ नीतिको प्रभाव सिड्नीको आवास बजारमा देखिन थालेको छ। जुलाई महिनादेखि सिड्नीका अधिकांश उपनगर (सबर्ब) मा घरको मूल्य घट्न थालेको भन्दै सेभेन न्यूजले रिपोर्ट प्रसारण गरेको छ।

रिपोर्टअनुसार लगानीसम्बन्धी कर (नेगेटिभ गियरिङ) तथा क्यापिटल गेन ट्याक्समा गरिएका परिवर्तन, उच्च ब्याजदर र खरिदकर्ताको घट्दो विश्वासका कारण घरको माग कमजोर बनेको छ। यसको असरस्वरूप धेरै क्षेत्रमा घरको मूल्यमा गिरावट देखिएको हो।

यद्यपि घरको मूल्य घटे पनि भाडा बजारमा भने उल्लेखनीय परिवर्तन आएको छैन। सिड्नीमा भाडाको माग अझै उच्च रहेकाले घरभाडा महँगै कायम रहेको र भाडामा बस्नेहरूलाई तत्काल राहत नपुगेको विश्लेषण गरिएको छ।

सम्पत्ति बजारका विज्ञहरूले आगामी केही महिनासम्म सिड्नीको आवास बजार दबाबमै रहने सम्भावना रहेको जनाएका छन्। तर मूल्यमा आएको गिरावटले पहिलो पटक घर किन्न चाहनेहरूका लागि अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP