मंगलबार , अषोज २७, २०८३

काठमाडौं । यातायात व्यवस्था विभागले आज (श्रावण ४) देखि चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइनमार्फत सञ्चालनमा ल्याएको जनाएको छ।

विभागका अनुसार अब लाइसेन्सको आवेदन, नवीकरण तथा राजस्व भुक्तानी लगायतका सम्पूर्ण प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ। सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

अनलाइन सेवालाई थप व्यवस्थित र सहज बनाउन विभागले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। अब सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको पोर्टलमार्फत आवेदन दिन र अन्य सेवा लिन सक्नेछन्।

विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरेर आवेदन फाराममा व्यक्तिगत विवरण स्वतः भर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।

यद्यपि नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने साबिककै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् रहने उनले बताए।

विभागले पूर्ण रूपमा अनलाइन प्रणाली लागू भएपछि फाराम भर्न, राजस्व बुझाउन बैंकमा लाइन बस्नुपर्ने झन्झट हट्ने, सेवा अझ छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP