सोमबार , अषोज २६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी हिमालयन रिसोर्टमा झण्डै २४ घण्टा लामो भेटवार्ता भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार शनिबार दिउँसो लामिछाने पत्नीसहित रिसोर्ट पुगेका थिए भने वाग्ले त्यसअघि नै त्यहाँ पुगिसकेका थिए। आइतबार साँझ काठमाडौं फर्किनुअघि दुई नेताबीच सरकारको कार्यसम्पादन, पार्टी–सरकार समन्वय र पछिल्लो राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको बताइएको छ।

स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री बालेन शाहको कार्यशैली, सरकार गठनपछिको सय दिनको समीक्षा, सुकुम्बासी व्यवस्थापन तथा जनअपेक्षाअनुसार सरकार सञ्चालन हुन नसकेको विषयमा समेत कुराकानी भएको थियो।

राजनीतिक वृत्तमा केही दिनयता प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच कार्यशैलीलाई लिएर मतभेद बढेको चर्चा चलिरहेका बेला लामिछाने–वाग्ले भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, प्रधानमन्त्रीले अर्थमन्त्री परिवर्तनको प्रस्ताव राखेको वा नेतृत्व परिवर्तनबारे औपचारिक छलफल भएको विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन।

रास्वपाका केही सांसदहरूले समेत पछिल्लो समय संसद र सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीबारे सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका छन्। तर उक्त भेटबारे रास्वपा वा सरकारका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP