बुधबार , साउन ६, २०८३

डार्विन (अष्ट्रेलिया) – नेपालिज एसोसिएसन अफ नर्दर्न टेरिटोरी (NANT) को सन् २०२६–२०२८ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिलाई एक विशेष कार्यक्रमबीच शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण गरिएको छ।

निर्वाचन आयोगका प्रमुख दिनेश सापकोटा तथा निर्वाचन आयोगको टोलीले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

नयाँ कार्यसमितिमा नम्रता शर्मा (महिला उपाध्यक्ष), सन्तोष खड्का (उपाध्यक्ष), अनुपम ढुंगाना (सचिव), संगम तामाङ (सह–सचिव), सन्दीप भुसाल (कोषाध्यक्ष), उमाकान्त घिमिरे (सह–कोषाध्यक्ष) तथा कार्यसमिति सदस्यहरूमा रोशन खतिवडा, रवि पौडेल, शुभम ढकाल, दर्पण भट्टराई र दिपेशराज बराल रहेका छन्।

यसपटक अध्यक्ष पदमा कुनै उम्मेदवारी वा निर्वाचन नभएकाले नान्टको विधानअनुसार नवनिर्वाचित कार्यसमितिले संवैधानिक प्रक्रिया पूरा गर्दै अध्यक्ष चयन गर्ने जानकारी दिइएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतिभा देवकोटा भावुक बन्दै आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेपाली समुदाय, स्वयंसेवक, प्रायोजक तथा विभिन्न संघ–संस्थाप्रति आभार व्यक्त गरिन्।

जिम्मेवारी हस्तान्तरणका क्रममा निवर्तमान कोषाध्यक्ष रोशन खटिवडाले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्दै सम्पूर्ण वित्तीय अभिलेख नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेका थिए।

त्यसैगरी, एनआरएनए एनटी-NANT सामाजिक कल्याण समिति (SWC) ले पनि आफ्नो कार्यकालको आर्थिक विवरण नयाँ नेतृत्वलाई हस्तान्तरण गरेको छ। समितिका अध्यक्ष बाबुराम भट्टराईले सहयोग गर्ने सबै स्वयंसेवक, दातृ संस्था तथा समर्थकप्रति धन्यवाद व्यक्त गर्दै समितिमार्फत करिब ७३ हजार अष्ट्रेलियन डलर संकलन भएको र त्यसमध्ये ५५ हजार डलर बैंकमा मुद्दती निक्षेप (Fixed Deposit) मा राखिएको जानकारी दिए। उनले एनआरएनए एनटी र नान्टको सहकार्यमा सामाजिक क्षेत्रमा धेरै महत्वपूर्ण कामहरू सम्पन्न भएको बताए।

कार्यक्रममा एनआरएनए एनटी संयोजक त्रिलोचन सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

त्यस्तै, एनआरएनए एनटीका पूर्वअध्यक्ष विष्णु चापागाईं तथा नान्टका पूर्वअध्यक्ष सुदीप श्रेष्ठले आफ्नो नेतृत्वकालका अनुभव साझा गर्दै नयाँ नेतृत्वलाई आवश्यक परे जुनसुकै बेला सहयोग, सुझाव र साथ रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन नान्टकी निवर्तमान महासचिव कल्पना पाण्डेले गरेकी थिइन्।

कार्यक्रममा नान्टले निवर्तमान कार्यसमितिको योगदानको उच्च मूल्यांकन गर्दै आगामी कार्यकालमा पनि नेपाली समुदायको एकता, सहकार्य र सामाजिक सेवालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल

नेपाली कला, संस्कृति र संगीतको उत्सव: डार्विनमा नेपाल फेष्टिभल आज


TOP