सोमबार , अषोज २६, २०८३

काठमाडौं । आज वि.सं. २०८३ साल श्रावण १ गते शुक्रबार श्रावण सङ्क्रान्तिसँगै वर्षा ऋतुको औपचारिक प्रारम्भ भएको छ। आजकै दिनदेखि सूर्य दक्षिणायनमा प्रवेश गरेका छन्। परम्पराअनुसार आज लुतो फाल्ने दिन, कण्डारक पूजा, नयाँ आर्थिक वर्ष प्रारम्भ, थारु समुदायको गुरिया पर्व तथा बैतडीको विश्वनाथ मन्दिरमा साउने मेला सुरु भएको छ।

पञ्चाङ्गअनुसार आज आषाढ शुक्लपक्षको तृतीया तिथि बिहान ९:५३ बजेसम्म रहनेछ। त्यसपछि चतुर्थी तिथि प्रारम्भ हुनेछ। मघा नक्षत्र बेलुका १०:५६ बजेसम्म रहनेछ भने त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ। चन्द्रमा दिनभर सिंह राशिमा रहने जनाइएको छ।

काठमाडौंमा आज सूर्योदय बिहान ५:२० बजे र सूर्यास्त साँझ ६:५९ बजे हुनेछ। इटहरीमा सूर्योदय बिहान ५:१४ बजे र सूर्यास्त साँझ ६:४९ बजे, पोखरामा बिहान ५:२५ बजे र साँझ ७:०६ बजे तथा कञ्चनपुरमा बिहान ५:३८ बजे र साँझ ७:२२ बजे हुनेछ।

आगामी तीन दिनका प्रमुख अवसर

  • श्रावण २ गते: कमैया मुक्ति दिवस
  • श्रावण ३ गते: इन्जिनियर दिवस
  • श्रावण ४ गते: श्रावणी सोमबार व्रत प्रारम्भ तथा अन्नप्राशन (पास्नी) को शुभ मुहूर्त

आजको राशिफल

मेष: नयाँ अवसर प्राप्त हुने, धैर्य र बुद्धिमत्ताले काम गर्दा सफलता मिल्नेछ।

वृष: पारिवारिक साथ र लाभ मिल्नेछ। क्रोध नियन्त्रण गर्दा सम्बन्ध अझ सुदृढ बन्नेछ।

मिथुन: आत्मविश्वास बढ्नेछ। शुभ समाचार प्राप्त हुने र नयाँ काम सुरु गर्न अनुकूल दिन।

कर्कट: आर्थिक लाभसँगै खर्च पनि बढ्न सक्छ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्ने संकेत।

सिंह: नेतृत्व क्षमता र सिर्जनात्मक सोचको विकास हुनेछ। संयम अपनाएमा काममा उल्लेखनीय प्रगति हुनेछ।

कन्या: निर्णयमा अलमल हुन सक्छ। सहकर्मी र साथीभाइको सल्लाह उपयोगी बन्नेछ।

तुला: परिवार तथा सन्तानबाट खुसी मिल्नेछ। सरकारी तथा प्रशासनिक कार्यमा सफलता प्राप्त हुने योग।

वृश्चिक: व्यवसाय, पेशा र करियरमा प्रगतिको सम्भावना। नयाँ सम्बन्ध र अवसर प्राप्त हुने दिन।

धनु: धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। परोपकारी कार्यबाट सम्मान प्राप्त हुन सक्छ।

मकर: जोखिमपूर्ण निर्णयबाट टाढा रहनु उपयुक्त हुनेछ। धैर्य र संयम आवश्यक रहने दिन।

कुम्भ: आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। काममा केन्द्रित रहन सके राम्रो उपलब्धि हात लाग्नेछ।

मीन: परिश्रमअनुसार सफलता प्राप्त हुनेछ। व्यवसायमा लाभको सम्भावना रहे पनि विवादबाट टाढा रहनु राम्रो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP