मंगलबार , अषोज २७, २०८३

काठमाडौं । सरकारले सार्वजनिक प्रदर्शन हुने चलचित्रको जाँच प्रक्रियामा थप कडाइ गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था तथा मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयले असार २६ गते चलचित्र विकास बोर्डलाई पठाएको पत्रमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको उल्लेख गरेको छ।

निर्देशनअनुसार नेपालभित्र सार्वजनिक प्रदर्शन गरिने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्नेछ।

मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा अन्य सरोकारवालालाई ऐनको उक्त व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका चलचित्र फेला परेमा प्रदर्शन अनुमति नदिइने स्पष्ट गरिएको छ।

यसैबीच, मन्त्रालयले उक्त व्यवस्था सम्बन्धी जानकारी सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षसम्म पुर्‍याई आवश्यक समन्वय गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP