शुक्रबार , भाद्र १२, २०८३

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ‘रगतको बदला’ लिने घोषणा गरेको छ।

यस विषयमा इरानी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्ति जारी गरेको छ।

जसमा भनिएको छ, अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ।

मोहम्मद बाकरको यो सन्देश सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जारी गरिएको छ।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको हत्या गरेका थिए।

जुन दिन अमेरिका र इजरायलले इरानमा पहिलो आक्रमण गरेका थिए। जसमा खामेनीसहित इरानका धेरै जना शीर्ष अधिकारी तथा उनीहरूका परिवारका केही सदस्य मारिएका थिए।

बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्त्येष्टि समारोह यही जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ।

इराकका सहरहरू बगदाद, काजमिन, करबला र नजफमा पनि शोक सभाहरू आयोजना गरिनेछ।

यसैबिच कतारको दोहामा अमेरिका र इरान अप्रत्यक्ष वार्तामा छन्।

वार्ता सकारात्मक भएको दाबी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP