बुधबार , असार १७, २०८३

डार्विन, अस्ट्रेलिया। अष्ट्रेलियाको उत्तरी सहर डार्विनमा नयाँ अकाउन्टिङ तथा कर परामर्श संस्था नुमियो अकाउन्टेन्ट्स (Numio Accountants) ले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ।

नेपाली मूलका चार्टर्ड प्रोफेसनल अकाउन्टेन्ट (CPA) हरि शर्माद्वारा स्थापना गरिएको संस्थाले मंगलबार (३० जुन) आर्थिक वर्षको अन्तिम दिन पारेर डार्विनस्थित लेभल–१, ४३ काभेनाघ स्ट्रिटमा ‘ओपन डे’ कार्यक्रम आयोजना गर्दै आफ्नो कार्यालय सर्वसाधारणका लागि खुला गरेको हो।

दिनभर सञ्चालन गरिएको कार्यक्रममा व्यवसायी, ग्राहक, शुभेच्छुक, नेपाली समुदायका सदस्य, चेम्बर अफ कमर्स तथा CPA अष्ट्रेलियाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कर तथा व्यवसायसम्बन्धी परामर्श लिनुका साथै निःशुल्क जलपान, छुट भौचर तथा विभिन्न उपहार प्राप्त गर्ने अवसर पनि पाएका थिए।

संस्थापक हरि शर्माले नुमियो अकाउन्टेन्ट्स केवल अकाउन्टिङ सेवा दिने संस्था मात्र नभई साना तथा मझौला व्यवसायलाई विकास गर्न सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको बताए। उनका अनुसार संस्थाले अकाउन्टिङ, कर परामर्श, कम्प्लायन्स, पेरोल सेवा, व्यवसायिक परामर्श, प्रविधि व्यवस्थापन तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत व्यवसायको कार्यक्षमता बढाउने सेवासमेत उपलब्ध गराउनेछ।

नेपालमा जन्मिएर हुर्किएका शर्मा सन् २०२० देखि अष्ट्रेलियामा कर तथा अकाउन्टिङ क्षेत्रमा सक्रिय छन्। उनले डार्विनका विभिन्न अकाउन्टिङ संस्थामा कर परामर्शदाताको रूपमा काम गर्दै व्यावसायिक अनुभव हासिल गरेका छन्।

उनको योगदानको कदरस्वरूप उनी StudyNT Alumni of the Year बाट सम्मानित भइसकेका छन्। साथै Charles Sturt University को सन् २०२५ को Young Alumni, Innovation and Entrepreneurship विधामा ‘Alumni of the Year’ पुरस्कारका फाइनलिस्टसमेत बनेका थिए। उनी WorldSkills Australia को नर्दर्न टेरिटोरी प्रतियोगिताका निर्णायकको भूमिकामा समेत रहेकाछन्। शर्मा CPA, Public Practice Certificate Holder तथा Registered Tax Agent हुन्।

व्यावसायिक क्षेत्रसँगै उनी डार्विनको नेपाली समुदायमा पनि सक्रिय छन्। उनी Nepalese Association of Northern Territory (NANT) मा नेतृत्वदायी तथा स्वयंसेवी भूमिकामा आबद्ध रहँदै आएका छन्।

नुमियो अकाउन्टेन्ट्सले डार्विनस्थित कार्यालयसँगै अष्ट्रेलियाभर रहेका ग्राहकलाई प्रत्यक्ष तथा अनलाइनमार्फत अकाउन्टिङ, कर, कम्प्लायन्स, पेरोल र व्यवसायिक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP