काठमाडौं । आज १५ आषाढ २०८३, सोमबार विभिन्न राशिका व्यक्तिहरूका लागि दिन मिश्रित रहने ज्योतिषीय अनुमान गरिएको छ। केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ र कार्यसफलताको संकेत देखिएको छ भने केही राशिले स्वास्थ्य, खर्च र पारिवारिक सम्बन्धमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार–व्यवसायमा लेनदेन गर्दा विशेष सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुने सम्भावना छ। छरछिमेकीसँगको मनमुटाव समाधान हुन सक्छ।
शुभ रंग: गुलाबी | शुभ अंक: ७
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विवादास्पद विषयमा अनावश्यक प्रतिक्रिया नदिनु राम्रो हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा वरिष्ठहरूको सुझावलाई बेवास्ता नगर्नुहोस्।
शुभ रंग: सेतो | शुभ अंक: ६
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साझेदारी व्यवसायबाट लाभ मिल्ने संकेत छ। प्रियजनबाट उपहार वा खुसीको समाचार प्राप्त हुन सक्छ। कार्यशैलीमा सानो परिवर्तनले पनि उल्लेखनीय सफलता दिलाउनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरको सजावट वा आवश्यक काममा खर्च बढ्न सक्छ। रोकिएको ऋण वा रकम फिर्ता पाउने सम्भावना छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले ध्यान दिनुहोस्।
शुभ रंग: रातो | शुभ अंक: ३
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्य प्राप्तिका लागि केही संघर्ष गर्नुपर्ने देखिन्छ। प्रभावकारी बोलीका कारण रोकिएका काम अघि बढ्नेछन्। विरोधीहरू सक्रिय रहन सक्छन् भने पिताको सहयोग प्राप्त हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ३
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहकारी तथा वित्तीय निर्णय सोचविचार गरेर लिनुहोस्। अधिकार प्राप्तिका लागि मेहनत गर्नुपर्ने हुन सक्छ। नयाँ रोजगारीको अवसरमा सफलता मिल्ने संकेत छ।
शुभ रंग: सेतो | शुभ अंक: ७
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा थप लगानी गर्नुअघि उचित समयको मूल्यांकन गर्नुहोस्। खर्च नियन्त्रणमा राख्ने प्रयास गर्नुहोस्। सवारीसाधनमा खर्च हुन सक्छ। खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।
शुभ रंग: निलो | शुभ अंक: ४
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ चिनजानले भविष्यमा फाइदा पुर्याउन सक्छ। परिवार वा आफन्तसँग सामान्य मनमुटाव हुन सक्ने भएकाले संयम अपनाउनुहोस्। आर्थिक अवस्था सन्तोषजनक रहनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ८
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
घरमा धार्मिक वा शुभ कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। व्यापारमा नयाँ योजना कार्यान्वयनका लागि अनुकूल समय छ। विद्यार्थीहरूको पढाइमा ध्यान कम हुन सक्छ।
शुभ रंग: खैरो | शुभ अंक: २
♑ मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफ्नो विचार व्यक्त गर्नुअघि राम्रोसँग सोच्नुहोस्। पारिवारिक समस्या समाधान गर्न केही कठिनाइ आउन सक्छ। पुराना विषयले घरमा तनाव सिर्जना गर्न सक्छ। जग्गाजमिनबाट लाभ मिल्ने सम्भावना छ।
शुभ रंग: हल्का हरियो | शुभ अंक: १
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समयमै काम सम्पन्न हुँदा परिवारसँग रमाइलो समय बित्नेछ। पुरानो उपलब्धिले पदोन्नति वा करियरमा प्रगति दिलाउन सहयोग गर्नेछ। समाजमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।
शुभ रंग: सिन्दुरी | शुभ अंक: ६
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापारमा आफन्तको सहयोग प्राप्त हुनेछ। प्रभावकारी बोलीका कारण महत्त्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछ। मौसमी रोगबाट सावधानी अपनाउनुहोस्। योजनाबद्ध रूपमा अघि बढे सफलता मिल्नेछ।
शुभ रंग: बैजनी | शुभ अंक: ३











