सोमबार , असार १५, २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहसँग मिल्ने संकेत गरेका छन् । पछिल्लो समय निरन्तर संसद र फेसबुकमा बालेनको विरोग गर्दै आएका हर्कले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच हुनसक्ने सम्भावित सहकार्यलाई लिएर उनले यस्तो संकेत गरेका हुन् ।

आज ओली र प्रचण्डले लामो समयको तिक्ततापछि एउटै मञ्चमा उभिएर सहकार्यको सुरुआत गर्ने विचार सार्वजनिक गरेपछि हर्कले आफू र प्रधानमन्त्री बालेन शाह मिले जनताले कतिको अचम्म मान्लान् भन्दै जिज्ञासा राखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त?’

प्रतिनिधिसभाका पछिल्ला बैठकमा जब बैठक सुरु हुन्छ तब हर्क कहिले पर्चा र प्ले कार्ड देखाउँछन् । कहिले ती प्ले कार्डमा लेखिएका नारा पढ्छन् । कहिले सभामुखसँग समय नै नमागेर सरकारलाई प्रश्न गर्दै आएका उनी प्रधानमन्त्री बालेन र बालेनको अभिव्यक्तिको विरोध गर्दै आएका छन् ।

सभामुख डोलप्रसाद अर्याल आफ्नो आसनबाट प्रतिनिधिसभा नियमावलीका नियम देखाउँछन् । संसदीय मर्यादा सम्झाउँछन् । तर, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता समेत रहेका हर्क मान्दैनन् । सभामुखले माइक दिए पनि नदिए पनि आफ्ना कुरा राखेर सरकारको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP