बुधबार , असार ३, २०८३

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धामा सहयोग गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

देउवाले विभागका महानिर्देशकलाई सम्बोधन गरेर इमेल पठाइएको स्रोतले जानकारी दियो । पत्रमा स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको,अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस’ भनेर सरकारलाई अनुरोध समेत गरिएको छ ।

देउवन दम्पति २०८२ फागुन १३ गते सिंगापुर गएका थिए । हाल उनीहरू कुन ठाउँमा छन् भन्ने आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि


TOP