शनिबार , जेठ ३०, २०८३

फिफा विश्वकप २०२६ को तीनमध्ये एउटा आयोजक क्यानडाले बोस्नियासँग बराबरी खेल्दै अंक बाँडेको छ।

शुक्रबार राति १२: ४५ बजे भएको आफ्नो पहिलो खेलमा क्यानाडाले बोस्निया एन्ड हर्जोगोभिनासँग १-१ को बराबरी खेलेको हो।

क्यानडाको टोरन्टो रंगशालामा भएको खेलमा दुवै टोलीले रोमान्चक खेल प्रस्तुत गरेका थिए।

क्यानाडाका वैकल्पिक खेलाडी साइले लारिनले निर्णायक गोलगर्दै आफ्नो टोलीलाई हारबाट जोगाएका हुन्।

उनले मैदान छिरेको ३ मिनेटमै गोल गरे। खेलको ७८ औँ मिनेटमा बोस्नियाका तारिक मुहारेमोभिचलाई छलेर उनले प्रहार गरेको बलले सिधै जाली चुमेपछि क्यानडा हारबाट जोगिएको हो।

खेलको २१ औँ मिनेटमा बोस्नियाले पहिलो गोल गर्दै अग्रता लिएको थियो। बोस्नियाका बासिचको कर्नरमा सिद कोलासिनाचले दिएको पासलाई लोभो लुकिचले हेडमार्फत गोलमा परिणत गरेपछि बोस्नियाले अग्रता बनाएको थियो।

दास्रो हाफमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गरेका थिए।

बोस्निया अप्रत्याशित रुपमा इटालीलाई प्लेअफ फाइनलमा हराउँदै विश्वकपमा छानिएको टोली हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न


TOP