बिहिबार , जेठ २८, २०८३

फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै छ । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ । त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकाका १८ भव्य रङ्गशालामा रहने छ ।

विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकप आयोजना गरेको इतिहास छ । विश्वकप २००२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए । विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ । त्यसैले सन् २०३० का आयोजक पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्नेछन् ।

आज मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टोली र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुने छ । ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा फाइनल हुने छ । त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नेछन् ।

फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतको तुलनामा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन नवप्रवेशी मात्र हुन् । यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । विश्वकपमा कुल १०४ खेल हुनेछन् ।

अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छन्, जसमध्ये क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल पनि छन् । यसैगरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डलास, ह्युस्टन, कान्सास, लस एन्जलस, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपका प्रतिस्पर्धा हुनेछन् । यसैगरी मेक्सिकाका तीन सहर मेक्सिको सिटी, मोन्टेरे र ग्वाडालाजारामा कुल १३ खेल खेलिने छन् ।

क्यानडाको भागमा पनि १३ खेल परेका छन् । ती खेल टोरन्टो र भ्यानकुभर सहरमा हुनेछन् । मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आयोजना गरेका थिए । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि


TOP